Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २४ बुधबार |
newsabhiyan

काठमाडौं, २४ भदौ । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि. बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका  डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरु खरिद गर्दा मोडल अनुसार रु १,७५,००० सम्म नगद छुट पाउने छन्  ।

उक्त सम्झौता पत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लि.का तर्फबाटCentral Business Centre का प्रमुख लेख बहादुर पुनको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता ०७ सेप्टेम्बर २०२६ देखि प्रारम्भ भई  ०६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३८ लाखभन्दा बढि ग्राहकहरुलाई 'बिश्वास लिन्छौं, विश्वास दिन्छौं' भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan