Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १९ शुक्रबार |
newsabhiyan

काठमाडौं, १९ भदौ । महालक्ष्मी विकास बैंकले भदौ १० गते भोटेकोशी–त्रिशुलीनदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपनाकार्यमा सहयोग पु¥याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग गरेको छ । 

उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रामा जनधनको क्षेती पुगेको छ ।

यस विषम परिस्थितीलाई सामना गर्नको लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी कुल रु. ५१ लाख सहयोग गरिएको हो । 

यस विपत्तिको घडिमा जीवन गुमाएका भएका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरु प्रति बैंक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै साथै शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्तगर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थय लाभको समेत कामना गर्दछ । 

महालक्ष्मी विकास बैंकले विपतको यस कठिन घडिमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता ब्यक्त गर्दै राहत, उद्धार तथापुनस्थपनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरुबाट भइरहेको प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan