Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला

न्यूजअभियान | प्रकाशित मिति : २०८२ मङ्सिर ११ बिहीबार | (रासस)

भोजपुर, ११ मङ्सिरः पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । 

गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो । 

गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् । 


“हामीले महिला उद्यमशीलतालाई मुख्य उद्देश्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “दिदी–बहिनीको इच्छा, सीप र क्षमताअनुसार कार्यक्रम अगाडि बढाएका छौँ । अहिले धेरै महिलाहरू आयआर्जनमा सक्रिय छन् ।  भविष्यमा अझ विविध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”

गाउँपालिकाले महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेपछि उद्यममा जोडिन सहज भएको स्थानीय देउकुमारी तामाङले बताउनुभयो । गाईपालनबाट आफूले मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्न थालेको उहाँले बताउनुभयो । “गाउँपालिकाले महिला विकास बोर्डमार्फत सञ्चालन गरेको कार्यक्रमले हामी महिलालाई प्रत्यक्ष लाभ पुगेको छ”, उहाँले भन्नुभयो, 

गाउँपालिका उपाध्यक्षको ‘नेतृत्वमा महिला विकास बोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा महिलालाई अनिवार्य सहभागी गराउने व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan