Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१० वर्षपछि फेरि फिल्ममा आइन बलिउडकी यी सुन्दरी

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan


एजेन्सी र बलिउडकी सुन्दर अभिनेत्रीहरुमध्य एक मानिएकी शिल्पा शेट्टि एक दशक पछि पुन फिल्ममा आउने तयारी गर्दैछिन् ।

सन् २००७ मा यिनको अन्तिम फिल्म आएको थियो ‘लाइफ इन ए मेट्रो’ ।

फिल्मले खासै सफलता पाउन सकेको थिएन ।

हुनत २००८ मा पनि यिनी ठूलो पर्दामा देखा परेकी थिइन तर एक नृत्यमा मात्र ।

फिल्म ‘दोस्ताना’ मा यिनले एउटा आयटम सांग गरेकी थिइन त्यस यता यिनी ठूलो पर्दामा देखापरेकी छैनन् ।

तर बलिउडबाट यिनको सम्बन्ध विच्छेद चाहि भएको थिएन । सन् २०१४ मा यिनले निर्माताको रुपमा फिल्म ‘ढिश्कियाउ’ बनाएकी थिइन तर यो फिल्म बाक्स अफिसमा नराम्ररी असफल भयो ।

अब शिल्पा इशिता गागुलीको महिला प्रधान फिल्ममा आउने तयारीमा छिन् । इशिता गागुलीको नाटकको फिल्मी रुपान्तरण यो फिल्म रविन्द्रनाथ टैंगोरको कहानीमा आधारित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan