Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिउडका ६ सुन्दरी जो हुन्, आफ्नै निजी जेट विमानका मालिक्नी निजी जेट भएका बलिउड अभिनेत्रीहरू

न्यूजअभियान | प्रकाशित मिति : २०७८ माघ २१ शुक्रबार |
newsabhiyan

बलिउड फिल्म उद्योग विश्वकै सफल र ठूलो उद्योगमध्येको एक हो। त्यहाँ करोडौंकरोडको लगानीमा फिल्म बन्छन् भने सेलिब्रेटीको कमाइ पनि त्यहीअनुरूप हुने हुँदा बलिउड सिने नगरीका सेलिब्रेटी र आम मानिसको जीवनशैलीमा आकाश–जमिनको फरक पाइन्छ।

बलिउडमा यस्ता केही अभिनेत्री छन्, जो कयौं प्रयासपछि पनि नाम र दाम कमाउन सकेका छैनन् भने अर्कोतिर त्यस्ता अभिनेत्रीहरु पनि छन्, जसको नाम नसुन्ने कोही छैनन्। बलिउडमा नाम र दाम कमाउने केही अभिनेत्री छन्, जो सम्पतीको मामलामा एक अर्कालाई टक्कर दिन सक्छन्। जीवनशैली अत्यन्तै विलासीपूर्ण तरिकाको बिताइरहेका ती अभिनेत्रीसँग महंगा घर, गाडी र विभिन्न व्यवसाय मात्र नभई निजी जेट विमानसम्म रहेका छन्।

प्रियंका चोपडा
ग्लोबल आइकनका रूपमा परिचित प्रियंका चोपडा आफ्नै बलबुतामा बलिउड तथा हलिउडमा समेत नाम, दाम र सम्मान कमाउने बलिउड अभिनेत्री हुन्। धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी प्रियंका अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेपछि हाल अमेरिकामै बसोबास गर्दै आएकी छिन्। विलासीपूर्ण जीवन बिताइरहेकी प्रियंकासँग आफ्नै जेट विमान रहेको छ । उनी आफ्नो जेट अमेरिका जान–आउन तथा घुमघामका लागि प्रयोग गर्ने गर्छिन्। प्रियंका अविवाहित रहँदा उनी प्रेमीलाई भेट्न आफ्नो जेटमार्फत जाने गर्थिन्।

 

शिल्पा सेट्ठी
बलिउडमा फिटनेस, सुन्दरता र सफल फिल्म दिएर कयौंको मनमा बस्न सफल अभिनेत्री शिल्पा सेट्ठीको पनि आफ्नै जेट विमान रहेको छ। सफल व्यवसायी राज कुन्द्राका साथ वैवाहिक जीवन बिताइरहेकी अभिनेत्री शिल्पाका विलासीपूर्ण जीवन बिताउन मन पराउने अभिनेत्रीमध्ये एक हुन्।

 

मल्लिका सेरावत
बलिउडमा आइटम नम्बरमार्फत दर्शकलाई मनोरञ्जन दिलाउने अभिनेत्री मल्लिका सेरावतसँग पनि आफ्नै निजी जेट छ। ४३ वर्षीया मल्लिका अहिले पनि निकै सुन्दर देखिन्छिन्। विलासी जीवनशैलीमा रमाउने मल्लिकाको निजी जेट भएका कारण पनि उनी बलिउडका धनी अभिनेत्रीमध्ये एक हुन् भन्ने पुष्टि हुन्छ। आफ्नो प्रेमीका साथ पेरिसमा बसोवास गर्ने मल्लिका आफ्नो सम्पत्ति कारमा पनि खर्च गर्ने गर्छिन्।

 

ऐश्वर्या राय बच्चन
अभिनेत्री ऐश्वर्या राय बच्चनसँग पनि निजी जेट रहेको छ। उनको ससुरा अभिनेता अमितभ बच्चन तथा पति अभिषेक बच्चनसहित गरेर बच्चन परिवारसँग कुल तीन जेट रहेका छन्। कान्स फिल्म फेस्टिवलमा नियमित सहभागिता जनाउने ऐश्वर्या देश–विदेश भ्रमणको सिलसिलामा आफ्नो जेट प्रयोग गर्छिन् भने उनी आफ्नी छोरी आरध्याका साथ जेटमा घुमघाम गर्न रुचाउँछिन्।

 

सन्नी लियोन
पूर्वक्यानेडियन पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनसँग पनि निजी जेट विमान छ। कलाकारितामा आउनुअघि नै धेरै सम्पत्ति कमाएकी सन्नी एक महत्वकांक्षी अभिनेत्री हुन्। बलिउडमा आइटम नम्बरमार्फत राम्रो कमाइ गर्ने सन्नीले विलासीतापूर्ण जीवन जिउने क्रममा जेट किनेकी हुन्।

 

माधुरी दीक्षित
बलिउड फिल्ममा वर्षौंसम्म राज गरेकी अभिनेत्री माधुरी दीक्षित अहिले पनि फिटनेस र सुन्दरताको मामलामा अगाडि छिन्। बलिउडमा कडा मेहनतका साथ कयौं फिल्ममा काम गरेकी माधुरीसँग पनि आफ्नै जेट विमान रहेको छ।

(एजेन्सीको सहयोगमा) 

नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan