जसले एउटा ट्विटबाट कमाइन २ करोड डलर !
एजेन्सी । अमेरिकी ‘टिभी क्विन’ ओप्रा विन्फ्रेले एउटा ट्विटकै कारण दुई करोड डलर कमाएकी छन् ।
नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जाल ट्विटको प्रयोग बढ्दो छ ।
त्यसैले पनि यसलाई अपत्यारिलो रुपमा लिन सकिन्छ । तर, ओप्राले चाहिँ ट्विटरकै माध्यमबाट पैसा कमाइन् ।
खासमा ओप्राले ट्विटरमा एउटा भिडियो पोस्ट गरेकी थिइन् ।
त्यसमा उनले रोटी खाएपछि कसरी तौल कम गर्ने भन्ने टिप्स दिएकी थिइन् ।
‘वेट वाचर्स’ नामको कम्पनीका लागि उनले पोस्ट गरेको भिडियो हेरेपछि यो ब्रान्डको रोटीको बिक्रीमा १८ प्रतिशतले बढेको थियो ।
यो कम्पनीमा ओप्राको आफ्नै लगानी पनि छ ।
त्यसैले उनले यसबाट भएको फाइदाको दुई करोड डलर पाएकी हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
