नरेन्द्र मोदीले नेपालमा कमाएको साख गुमाए: भारतीय सेनाको पूर्व जर्नेल अशोक मेहता
भारतीय सेनाको पूर्व जर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले नेपालमा जारी अघोषित नाकाबन्दी हटाउन भारतको पनि भुमिका खेल्नुपर्ने बताउनु भएको छ । न्युज २४ टेलिभिजनका टिभी जर्नलिष्ट दीपक बोहरासंग फोनमा कुरा गर्दै मेहताले नोपलमा जारी अवरोध हटाउन भारतले भुमिका खेल्नुपर्ने बताउनु भएको हो । १२ बुँदे सहमति र मधेशवादी दलहरुसंग भएका सहमति भारतको सहकार्यमा भएकाले अहिलेको गतिरोध हटाउने भारत नेपाल र मधेशवादीदलहरुबीच वार्ता हुनुपर्ने बताउनु भयो । उहाँले ईतिहासमै नेपालीहरुमा भारत बिरोधी भावना भएकाले त्यसलाई हटाउन नरेन्द्र मोदी सरकारका लागि चुनौती बनेको बताउनु भयो । अहिले सम्म मोदीले नेपालमा कमाएको शुभेच्छा सवै गुमाएकोमा उहाँले दुःख समेत ब्यक्त गर्नु भयो ।
