Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विनाको रातोघर यस्तो छ ल सन्नुहोस !

न्यूजअभियान | प्रकाशित मिति : २०७२ असोज ९ शनिबार | १९२६ पटक हेरिएको

भाद्र २५ गते शुक्रबार तमू बौद्ध सेवा समितिको सभाहल अनामनगरमा एक कार्यक्रमका बीच "रातोघर" जन्मेको छ यानिकी "रातोघर" नामक कृतिको लोकार्पण भएको छ ।

भदौरे झरी सँगै कवि विना तामाङ ‘सुनगाभा’ले कविता संग्रह ल्याएकी छन्, भने यो उनको दोस्रो सन्तानको रुपमा लिएको हो ।  केही वर्षअघि कथा संग्रह ‘छुकी’ ल्याएकी उनको यो भने पहिलो कविता संग्रह हो।

नेपाली र तामाङ दुवै भाषामा प्रकाशित यस कृतिको भाषाविद् तथा तामाङ साहित्य एकेडेमीका कुलपति अमृत योञ्जन,  बरिस्ठ साहित्यकार उषा शेरचन,निबन्धकार कुमारी लामा लगायतकाले एकमुष्ठ लोकार्पण गरे।

योञ्जनले विनाको कृतिमा प्रकाश पार्दै भने तामाङ समाज, संस्कृति र जीवनशैलीका विभिन्न आयाम यस कृतिमा भेटिने दाबी समेत गरेका थिए ।

त्यस्तै बरिस्ठ साहित्यकार उषा शेरचनले विनाको कविता लेखन सशक्त रहेको दाबी गर्दै अहिलेको समयको पीडा, सामाजिक प्रताडनादेखि वैदेशिक रोजगारसम्मका सन्दर्भ कवितामा समेटिएको बताउदै कविता वाचन गरेर समेत  सुनाइन्।

त्यसै गरि संचारकर्मी तथा कवि रमेश पौडेलले विनाका कवितामा तामाङ समाजका मिथ, पात्र र विषयसँगै आमनेपाली समाजका मनोदशासमेत प्रष्ट हुने कुरालाई जोड्दै आफ्नो मन्तब्यमा दाबी गरे।

- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=8540#sthash.04gEDFi0.dpuf

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan