Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा लुम्बिनी विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |

कर्णाली, १३ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । 

    सुर्खेत वीरेन्द्रनगस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७ दशमलव पाँच ओभरमा समेटियो । 

    खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।  लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दा युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए । 

    कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई/दुई विकेट लिए ।  राजकुमार शाहले अन्तिम ओभरमा दुई विकेट लिए । कर्णालीका दिनेश रावतले सर्वाधिक २५ रन बनाए । त्यस्तै, अरबिन्द घर्तीमगरले २३ रनको मात्रै योगदान दिए । 

    लुम्बिनीका बलर अजय चौहानले उत्कृष्ट प्रदर्शन गर्दै २१ रन खर्चेर तीन विकेट लिए ।  निर्मल गुरुङले पनि १८ रन दिँदै दुई विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको लुम्बिनीले कर्णालीलाई ६५ रनले पराजित गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan