Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल एसिया कपको समूह चरणबाट बाहिरियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

काठमाडौँ, ८ मङ्सिरः नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा  पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको हो । 

    कतारको  दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल बनायो । पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए । त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए ।

    बलिङतर्फ नेपालका राशिद खानले ५ विकेट लिए । उनले ८ ओभरमा ३९ रन खर्चिए । त्यस्तै अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक एक विकेट लिए । 

    एक सय ६९ रनको विजयी लक्ष्य पाएको नेपालको पारी १७ दशमलव तीन ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । यस्तै बसिर अहमदले ११ रन बनाए । बलिङतर्फ पाकिस्तान ‘ए’का लागि दुई मोहमद हसनैन र सुफायन मोकिमले तीन तीन तथा मोहमद इमरानले दुई र माज सदाकतले एक विकेट लिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan