Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ए विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

काठमाडौँ, ८ मङ्सिर : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कतारको  दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

 प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युएईविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो । 

नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तान ‘ए’ लाई हराउने योजनामा छ । उता १ खेल अगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान ‘ए’ लगातार तेस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा युएई र दोस्रो खेलमा भारत ‘ए’ लाई हराएको थियो ।

इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो । 

 नेपाल सामु आज तीन वर्षअघिको हारको बदला लिने अवसर छ । जारी प्रतियोगितामा नेपाल २ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ मै रहेको पाकिस्तान ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan