Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस/एएफपी)

इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो।

बान्टेन प्रान्तको सेराङ जिल्लामा रहेको फोनुसा अगुङ मुलिया कारखानामा शनिबार दिउँसो आगलागी भएको थियो। राजधानी जकार्ताबाट करिब ५० किलोमिटर टाढा रहेको उक्त कारखानामा आगलागी हुँदा दर्जनौँ कामदार भवनभित्रै फसेका थिए।

प्रहरीका अनुसार घटनामा अझै २८ जना बेपत्ता छन्। आगलागीको कारण पत्ता लगाउन अनुसन्धानसमेत सुरु गरिएको छ।

बान्टेनका प्रहरी उपप्रमुख जैन द्वी नुग्रोहोले अनुसन्धानका क्रममा संकलित प्रमाणका आधारमा आगलागी र अन्य व्यक्तिको ज्यान जोखिममा पार्ने गरी लापरबाही वा असावधानी भएको आशंका गरिएको बताउनुभएको छ।

उद्धारकर्मी जाजुलीले सोमबार फेला परेका धेरै शव आगलागीका कारण जलेर खरानीजस्तै अवस्थामा पुगेको बताएका थिए।

इन्डोनेसियामा यसअघि पनि आगलागीका कारण ठूलो मानवीय क्षति हुने गरेका घटना छन्। गत डिसेम्बरमा राजधानी जकार्ताको साततले भवनमा ड्रोनको ब्याट्री विस्फोटका कारण आगलागी भएको आशंका गरिएको थियो। उक्त घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको थियो।

त्यस्तै, सन् २०२३ मा देशको पूर्वी क्षेत्रमा रहेको निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan