Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस/सिन्ह्वा)

कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी आर्थिक, रणनीतिक तथा सैन्य शक्ति संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले बताउनुभएको छ ।

मंगलबार संघीय संसद्मा सम्बोधन गर्दै उहाँले एआई तथा अन्य उदीयमान प्रविधिको तीव्र विकासले मानव जीवन, अर्थतन्त्र र सैन्य संरचनामा नयाँ आयाम थपिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यी प्रविधिहरू विगतका क्रान्तिकारी प्रविधिभन्दा तीव्र गतिमा विस्तार भइरहेका छन् र तिनको दीर्घकालीन प्रभाव पूर्ण रूपमा अनुमान गर्न कठिन छ ।

विदेशमन्त्री वोङले अत्याधुनिक एआई विकासको प्रतिस्पर्धामा तीव्र गतिलाई मात्र प्राथमिकता नदिई सुरक्षा, सावधानी र जिम्मेवारीलाई समेत महत्त्व दिनुपर्नेमा जोड दिनुभयो । यसका लागि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै विभिन्न देशबीच विश्वास अभिवृद्धि र प्रविधिसम्बन्धी समस्याको समाधानमा साझा प्रयास गर्ने नीति लिएको बताउनुभयो ।

यसैबीच, अस्ट्रेलिया सरकारले एआई विकासकर्ताका लागि नयाँ अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। उक्त व्यवस्थाअनुसार कम्पनीहरूले सुरक्षा उल्लङ्घनबारे जानकारी गराउनुपर्ने र आफ्ना एआई मोडेलको स्वतन्त्र सुरक्षा मूल्याङ्कन गराउन सकिनेछ ।

नियम कार्यान्वयनका लागि छुट्टै नियामक निकाय स्थापना गरिने तथा नियम उल्लङ्घन गर्ने कम्पनीमाथि आर्थिक जरिवाना लगाउन सकिने व्यवस्था गरिनेछ ।

वोङले अस्ट्रेलिया एआई प्रविधिमा लगानी र नवप्रवर्तनको स्वागत गर्ने पक्षमा रहेको उल्लेख गर्दै त्यसबाट सबै अस्ट्रेलियाली नागरिकले लाभ प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan