Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

काठमाडौँ, ३ मङ्सिरः प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ । 
    
पक्राउपर्नेमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक काठमाडौँ महानगरपालिका–२२ बस्ने धरान उपमहानगरपालिका–१२ घर भएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र सोही सहकारी संस्थाका ऋण उपसमिति सदस्य धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी छन् ।   
    
धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रही सहकारी संस्थासँग आबद्ध नेपाल राज्यभर जम्मा ३० वटा र विदेशमा चार वटा कम्पनीसमेत स्थापना गरी विभिन्न मितिमा पीडितको बचत गरेको रकम अपचलन तथा ठगी गरी फरार रहेका उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले सुनसरीस्थित नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरू उपर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan