Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

काठमाडौँ, ३ मङ्सिरः सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उहाँले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता जोखिमबाट हुने क्षति घटाउन वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचान आवश्यक रहेको बताउनुभयो ।

हिमालय क्षेत्रको भूविज्ञानलाई विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनसँग जोडेर तदनुरुप विकास–निर्माणका योजना कार्यान्वयन गर्नु उहाँको कथन थियो । 

नेपालको संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्व दिएको उल्लेख गर्दै उहाँले संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमा जोड दिनुभयो ।

समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भौगर्भिक अवस्था, भूविज्ञानसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकासबारे अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

आगामी शनिबार समापन हुने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक क्षेत्रका अनुसन्धानकर्ता तथा जानकार सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan