Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी रिहा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
newsabhiyan

काठमाडौं, २६ कात्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान काठमाडौंस्थित डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रायमाझी कैदमुक्त भएका हुन् । ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा छुट पाउने प्रावधानको लाभ लिँदै उनी रिहा भएका हुन् ।

रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो । रायमाझीले ज्येष्ठ नागरिकको सुविधाअनुसार कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा अदालतले आवश्यक प्रक्रिया अघि बढाउँदै उनलाई कैदमुक्त गर्न संशोधित कैदीपुर्जी जारी गरेको थियो । अदालतको आदेश तथा पत्राचारपछि कारागार प्रशासनले उनलाई रिहा गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको आरोपमा रायमाझी पक्राउ परेका थिए । उक्त प्रकरणमा उनीसहित विभिन्न राजनीतिक तथा प्रशासनिक व्यक्तिहरू मुछिएका थिए ।

तत्कालीन नेकपा एमालेका नेता रायमाझी पूर्वउपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत हुन् । शरणार्थी प्रकरणले नेपालको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो हलचल ल्याएको थियो ।

ज्येष्ठ नागरिकको उमेरसम्बन्धी सुविधाका कारण रायमाझी रिहा भए पनि उनीमाथिको मुद्दाको कानुनी अवस्था र अदालतबाट भएको अन्तिम फैसलाअनुसारका दायित्व भने अलग विषय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan