पटका पड्काउँदा बालक घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
चितवन, २६ कात्तिकः पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्बी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो । पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ । आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अबस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।


