सशस्त्रका सई श्रेष्ठसहित यी ७ जनालाई हेडक्वार्टरको चेतावनी, ७ दिनभित्र हाजिर हुनु निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी बलका एक सईसहित ७ जनालाई ७ दिनभित्र कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको छ ।
सशस्त्र प्रधान कार्यालयले एक सूचना जारी गर्दै लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।
सशस्त्रका अनुसार सई रुद्रबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी सहायक हवल्दार मानबहादुर बुढा, सशस्त्र प्रहरी जवानहरु रामजेनिश यादव, विकास जोशी, बलबहादुर चुनारा, मनिष कार्की र दिपक मल्ललाई बाटोको म्यादबाहेक ७ दिनभित्र गैरहाजिर रहेका कर्मचारीलाई अनुपस्थित हुनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिँदै तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम कारबाही गरिने प्रधान कार्यालयले चेतावनी दिएको छ ।

