Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पश्चिमी वायुको प्रभाव : तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार |

काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली देखिएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली देखिएको छ। देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज मंगलबार पनि देशका केही भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा पनि बदलीको अवस्था रहने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan