Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार | रासस

बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो ।
अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो ।
माल्दिभ्सविरुद्धको खेलमा नेपालकी विमला तामाङ प्लेयर अफ द म्याच घोषित भइन् । नेपालले आफ्नो तेस्रो खेल बुधबार भारतसँग खेल्नेछ ।
बन्दना राईको कप्तानीमा रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बास्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना छन् । टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan