नवनिर्वाचित सभापति गगन थापा आज सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा उपस्थित हुँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा उपस्थित हुनुहुने भएको छ।
सभापति निर्वाचित भएपछि थापा पहिलोपटक केन्द्रीय कार्यालयमा उपस्थित हुन लाग्नुभएको हो। उहाँको उपस्थितिमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ।
