Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बजार अनुगमन, म्याद नाघेका सामग्री बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | रासस

तेह्रथुम, २३ असोज  :  आगामी बडादसैँ लगायतका चाडपर्वलाई लक्षित गरी तेह्रथुममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज सदरमुकाम म्याङलुङका एक दर्जन पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चारवटा पसलबाट रु छ हजार ३९४ मूल्य बराबरका म्याद नाघेका किराना तथा औषधिजन्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मणसिंह राठौरले बताउनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तःशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको र बजार अनुगमनलाई आगामी दिनमा पनि नियमित गरिनेछ । 

अनुगमनप्रति प्रतिक्रिया दिँदै श्रीजन स्टोरका सञ्चालक अमृत रेग्मीले उपभोक्ता हित संरक्षणको लागि नियमित रुपमा बजार अनुगमन हुन आवश्यक रहेको बताउनुभयो । अनुगमनमा म्याङलुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, कोष तथा लेखा नियन्त्रक कार्यालय, उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan