जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
रूपन्देही, २३ असोज : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारी गाउँपालिका-६ बस्ने २५ वर्षीय चन्द्र बहादुर थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चन्द्र बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
