Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
newsabhiyan

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको सूचनाअनुसार दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो ।

काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत आज बिहानदेखि मतदान प्रक्रिया सुरु भएको थियो । मतदानको समय थप गरिएको जानकारी निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले दिनुभएको हो ।

निर्वाचन समितिले मतदानको समय थप गरिएको जानकारी गराउँदै सम्पूर्ण महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई सोहीअनुसार सहभागी हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan