Tuesday 22nd of September | २०८३ असोज ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुम्लाको स्याउ बोकेको ट्रक दुर्घटना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | रासस

जुम्ला, ५ असोजः जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ ।

 

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका– १ स्थित भिग्ममा ट्रक दुर्घटनामा परेको हो । उक्त ट्रकमा ४५० कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो । 

 

नदी किनारमा खसेका स्याउ काम नलाग्ने भई रु आठ लाख बराबरको क्षति भएको तातोपानी–१ का वडाध्यक्ष कर्णबहादुर कठायतले बताउनुभयो । स्थानीय राँका गाउँका किसानबाट सङ्कलन गरी उक्त स्याउ बिक्रीका लागि लगिँदै थियो । 

 

औषधसहित दुई जना पक्राउ

 

यसैबीच, प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार केशव देवकोटा र नवीन न्यौपानेलाई लागुऔषधसहित पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई गुठीचौर–४ बाट पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट ब्राउनसुगर १६ ग्राम ८६० मिलिग्राम बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan