Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

दमौली (तनहुँ), ५ असोज  : जिल्ला प्रशासन कार्यालयले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरेपछि वरपरका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका छन् । 

सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्देश्यले भीमाद नगरपालिकाबाट उक्त सेवा सुरु गरिएको हो । राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सदरमुकामस्थित प्रशासन कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाबाटै सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो ।
 
जिल्लाका सबै पालिकाका सेवा सदरमुकामस्थित जिल्ला कार्यालयबाट मात्र प्रदान गरिदा सेवाग्राहीको अत्याधिक भीड हुन गई सबैले एकै दिन सेवा नपाउने भएपछि भिमाद नगरपालिकाबाटै उक्त सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

भीमादमा सुरु भएको सेवा वरपरका स्थानीय तह घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका–५, ६, ७ र ८, म्याग्दे गाउँपालिका–५ का सर्वसाधारण लाभान्वित हुनेछन् । यसैबीच, राष्ट्रिय परिचयपत्र विवरण दिन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि केही समय अगाडि कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म समेत सेवा दिएको थियो । 

प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो, “प्रशासन कार्यालयमा सेवाग्राहीको चाप घटाउन र ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भीमादमा सेवा विस्तार गरिएको हो ।”

उहाँले स्थानीयस्तरमै परिचयपत्र उपलब्ध भएपछि सेवाग्राहीको समय र खर्च बचत तथा सेवा प्रवाहसमेत थप प्रभावकारी बन्ने हुने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan