Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेस्तोल र गोलीसहित पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

रुपन्देही, ४ असोजः रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सियारी गाउँपालिका–२ का अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । त्यसक्रममा उनको साथबाट टाइप ५४ जस्तो देखिने एक थान पेस्तोल, त्यसको चार राउन्ड गोली, एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद हातहतियार तथा अन्य सामग्री कानुनबमोजिम नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan