Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिलिपिन्समा रोनिशलाई फष्ट रनर अपको उपाधि, आयुष टपटेनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८२ जेठ १९ सोमबार |
newsabhiyan

काठमाडौँ । फिलिपिन्सको मनिला शहरमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘रनवे मोडल युनिभर्स २०२५’मा नेपालका रोनिश खड्गीले फष्ट रनरअपको उपाधि जच्न सफल भएको छ ।

३० बढी देशका प्रतियोगीको सहभागी रहेको प्रतियोगीता गत २३ देखि ३१ मेसम्म आयोजना भएको थियो ।

प्रतियोगीतामा उनी नेपालको तर्फबाट एक्लो सहभागी रहेका थिए ।

प्रतियोगीतामा आफुले नेपाली कलासंस्कृति समेत प्रस्तुत गरेको खड्गीले बताए । खड्गी ‘मोडल हन्ट नेपाल २०२३’का विजेता हुन् ।

त्यस्तै, फिलिपिन्समै आयोजना भएको ‘म्यान अफ द वल्र्ड २०२५’मा नेपाली आयुष  दुलाल भने उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

दुलाल ‘मिस्टर नेपाल २०२४’मा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’को उपाधि  विजेता हुन् ।

दुबै प्रतियोगीलाई प्रतियोगीतामा नेक्स्ट मोडल्स नेपालकी पठाएको हो ।

नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले आफुले पठाएको प्रतियोगीले अन्तराष्ट्रिय क्षेत्रमा नाम राख्न सफल भएकोमा खुसी ब्यक्त गरे ।

‘अहिलेको उपलब्धिले आगामी बर्षका प्रतियोगीलाई हौसला र सहयोग मिल्नेछ’ उनले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan