Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

को बन्ला मोडल हन्ट नेपाल ?

न्यूजअभियान | प्रकाशित मिति : २०८१ माघ २५ शुक्रबार |
newsabhiyan

काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’को अन्तिम शनिबार प्रतिस्पर्धा शनिबार आयोजना हुँदैछ ।

होटल याक एण्ड यतिमा आयोजना हुने प्रतिस्पर्धा ५० प्रतियोगी उपाधिका लागि भिड्दैछन् ।

प्रतियोगीताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगीतामा पुरुष तर्फका उपाधिका लागि १७ प्रतियोगी रहेका छन् भने महिला तर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन् ।

सबै प्रतियोगी छनौट चरणको बिभिन्न प्रतियोगीता पार गर्दै फाइलनमा पुगेका हुन् । 

फाइनल प्रतियोगीताका लागि सबै प्रतियोगीले व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन बिभिन्न प्रशिक्षण समेत लिएका छन् । 

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ ।

प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने आयोजक संस्थाका नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमालाले बताए ।

उनले प्रतियोगीताको फाइनल एक भब्य कार्यक्रम सहित आयोजना हुने र जसमा थुप्रै चर्चित ब्यक्तिहरुको समेत सहभागीता रहने जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan