Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मोडल हन्ट नेपाल २०२४’को लागि आवदेन खुल्ला

न्यूजअभियान | प्रकाशित मिति : २०८१ कार्तिक ६ मंगलबार |
newsabhiyan

काठमाडौँ । एक हजार बढी मोडल उत्पादन गरिसकेको नेपालकै बृहत् र स्तरिय मानिएको प्रतियोगीता मोडल हन्ट नेपालको ९औं संस्करण सुरु भएको छ ।

आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण अर्थात ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुल्ला भएको जनाएको हो ।

प्रतियोगीतामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान छ ।

आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ बर्ष हुनुपर्ने प्रावधान रहेको छ । 

प्रतियोगीताको प्रारम्भिक चरणको अडिसन नेभेम्बर २२ (मंसिर ७)गतेबाट सुरु हुनेछ । अडिसनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन् ।

एक महिनाको प्रशिक्षणको क्रममा उनीहरुले व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षा पनि लिनेछन् ।

प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको श्रृजना गर्ने धमलाको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan