Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउंदै

न्यूजअभियान | प्रकाशित मिति : २०८० श्रावण ३० मंगलबार |
newsabhiyan

काठमाडौँ। भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउने भएका छन्।

यहि श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनी नेपाल आउने भएका हुन्।

खरेल अर्गनाइजेसनले आयोजना गर्न लागेको प्रतियोगितामा अन्य विभिन्न अन्तररास्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आउने कुराको जानकारी आयोजक सज्ञान खरेलले दिए।

इन्डियाको फ्रेन्च आइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ।

आफुमा भएको प्रतिभालाई अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो कार्यक्रमलाई लिन सकिने आयोजकले जनाएको छ ।

बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सम्पूर्ण जुरीहरु बिदेशी रहेका छन्।

इन्डियामा प्रसिद्द शोको फ्रेन्च आइजलाइ नेपालमा ल्याएर गर्न लागिएको कम्पिटिसनमा १५० जना सहभागी भएका छन्।

कार्यक्रममा नेपाल,मलेसिया,युएइ र भारतका खेलाडीहरुले भाग लिएका छन्।

फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अन्तरराष्ट्रिय कोच क्याथ्रिन केट अस्टिनले एक दिन सम्पूर्ण सहभागीहरुलाई बिसेष तालिम दिनेछन्।

यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहने खरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan