Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजधानीमा ‘जर्नी अफ फेसन शो’

न्यूजअभियान | प्रकाशित मिति : २०७९ चैत २४ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौं, २४ चैत । बिहीबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो ।

एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए । 

नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए । गए राति यहाँ आयोजित १७औँ संस्करणको जर्नी अफ फेसनः ‘कल्पनम् सत्यतात’ शीर्षकअन्तर्गत उनीहरुले तयार पारेका आ–आफ्ना डिजाइन प्रस्तुत गरेका थिए । 

तेत्तीस मोडलको प्रस्तुतिमा उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औँ ब्याचका ८३ विद्यार्थी डिजाइनरको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिमा सम्पन्न भएको होे ।

कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अभिभारा सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हाल्नुभएको थियो । 

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित ‘फेसन क्याटलग’को दोस्रो संस्करणको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले  संयुक्तरुपमा विमोचन गर्नुभएको थियो ।

उक्त परीक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुवी राणा, राष्ट्रिय सीप परीक्षण समितिका कार्यकारी निर्देशक डा कुल बहादुरबस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थीले तयार पारेका डिजाइन रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत गरिएका थिए । कलेजमा अध्ययनरत स्नातक तहको अन्तिम परीक्षामा सहभागी विद्यार्थीले परीक्षाअन्तर्गत डिजाइन प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan