Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न, ११ जना मोडलले गरे फेसन शो

न्यूजअभियान | प्रकाशित मिति : २०७९ असोज ३ सोमबार |
newsabhiyan

इटहरी/ शाहरा इन्टरटेन्मेन्ट धरानको आयोजनामा ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न भएको छ ।

झापाको बिर्तामोड सनिस्चरेमा अवस्थित लंका रिसोर्टमा गएको भदौ ३१ गते शुक्रबार यो कार्यक्रम सम्पन्न भएको हो ।

रनवेमा दिया दाहाल, अंकिता बरुवाल, सुस्मिता भुषाल, पुजा आचार्य, क्रिशिना खतिवडा, आकृति आचार्य, मनिषा थापा, बिञ्जु राजधामी, रुश्मा रोक्का, ऐश्वर्य दुतराज, रचना तामाङ्ग, रोशनी बजगाईले सेन्ट्रल फेसन हब बिर्तामोड र उर्लाबारीले तयार गरेको आकर्षक ड्रेस डिजाइनमा र्याम्प गरेका थिए ।

इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक आयोजना भएको ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ मा वेभ ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । ब्याण्डको प्रस्तुति संगै मोडलहरुले ४ सिक्वेन्समा हिडेका थिए ।

‘एकसेएकरनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको हुनाले यसअघि ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा लगायत विभिन्न थिममा रही ६ पटक फोटोसुट गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना सहभागी थिए ।

जसबाट फाइनल शोको लागि ११ जना छानिएका थिए । सो ११ जना मोडलहरुलाई मिस टुरिजम नेपाल २०१५ कि बिजेता चन्द्रिका मोतेले कोरियोग्राफ गराएकी थिइन् ।

‘एकसेएकरनवे’ को इन्भेन्ट कोअर्डिनेटरको रुपमा दीक्षा गिरि, रुष्मा रोक्का, दिनेश बिक र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको थियो भने कार्यक्रमको डिजाइन जिवन चिमोरियाले गरेका हुन् ।

कार्ल्सबर्ग टुबोर्ग बियरको प्रस्तुति रहेको कार्यक्रमलाई तृष्णा उपाध्याय रेग्मीले संचालन गरेकी थिइन् ।

डिभाइन वाइन, सिग्नेचर, वाइवाइ क्विक पिरो चाउचाउ, जोली आइसक्रिम, नवदुर्गा ट्रेडर्स, ब्ल्यागपिग इण्टरटेन्मेण्ट, शौर्य एइर्लाइन्स कार्यक्रमको सहयोगीको रुपमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan