Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’ विजेता घोषित

न्यूजअभियान | प्रकाशित मिति : २०७९ श्रावण २९ आइतबार |
newsabhiyan

काठमाडौं । नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् ।

२६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाईपछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।

शनिबार सिल्भर ओएक गैरिधारमा अबेर साँझ आयोजित  स्पर्धामा शिर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबराको उपहारसहित आगामि १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा क्रमस महिला र पुरुषले  नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने  प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो सातौं संस्करण हो ।

साजसज्जा सहितको भब्य मञ्चमा फेसनमय वातावरणसहित आयोजित प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्टरनर अप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनर अप चुनिए ।

प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरिय मानिएको प्रतियोगिता यो पटक ‘जोय मोडल हन्ट नेपाल’ को रुपमा आयोजना भएको थियो ।

यो संस्करणसम्म आउँदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ (मिष्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पुर्व मिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फष्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तराष्ट्रिय कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकमा चियरम्यान) रहेका थिए ।

मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्ने उदेश्य समेत रहेको प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मोष्टइस्टाइलिस, विवेक खड्गी र साइच्छा थापा वेष्टपर्सनालिटी, सारा राई र कर्मा तोपग्ये वेष्टवाक, एन्जल राई र उगल लिम्बु मिष्टर एण्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, स्मृति श्रेष्ठ र सम्राट प्रताप सिंह मोष्ट फोटोजेनिक, मल्लिका फैजु र मौसम देवन राई बेष्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सुर्य महर्जन र स्तुति श्रेष्ठ मष्ट पपुल विजेता बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan