Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

द फ्लीक मोडलको बिजेता बन्न सफल भए दिपेन्द्र सोनाम

न्यूजअभियान | प्रकाशित मिति : २०७९ श्रावण २३ सोमबार |
newsabhiyan

काठमाडौं : राजधानीमा सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन्।

उनले अन्य प्रतिश्प्रधिलाइ पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका थिए। ट्रफीको साथमा उनले नगद लगायत अन्य उपहार समेत जितेका छन्।

सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंलाइ कर्मथलो बनाउदै आएका उनले दर्जनौ म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसकेका छन्।  

मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो  वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ ।

त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

नृत्य र अभिनयमा पोख्त दिपेन्द्र चक्लेटि अनुहार र  मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो ।

त्यसैले त सम्भाबना बोकेका ह्यान्डसम मोडल दिपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुन अहिले दिनरात मेहनत गर्दै अगाडी बढेका छन् ।

भबिष्यमा अन्तराष्ट्रिय क्षेत्र हुने मोडलिङ प्रतियोगितामा समेत प्रतिश्प्रधा गर्ने सोच बनाएका मोडल दिपेन्द्र सोनाम युवा ब्यबसायी र गायक समेत हुन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan