लेडी गागाको पछिल्लो चर्चा यस्तो !
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
पप गायिका लेडी गागा चर्चामा आउनु कुनै नौलो कुरा होइन ।
उनी कहिले गीतका कारण त कहिले अन्य प्रस्तुतिका कारण चर्चामा आइरहेकी हुन्छिन् । तर, यसपटक उनी चर्चामा आउनुको कारण अलि फरक छ । कारण हो– उनीमाथि भएको बलात्कारबारे परिवारलाई थाहा नहुनु ।
ओस्कर अवार्ड समारोहमा लेडी गागाले गीत गाएकी थिइन् । त्यो कार्यक्रममा गीत गाएपछि मात्र उनको परिवारलाई उनीमाथि भएको बलात्कारबारे थाहा भएको गागाले नै बताएकी छिन् ।
‘१९ वर्षमा ममाथि भएको बलात्कार बल्ल परिवारलाई थाहा भयो, यसअघि मैले भनेकी थिइनँ,’ उनले भनिन्, ‘मलाई बढो डर लागेको थियो ।
तर, ओस्करको कार्यक्रम परिवारले प्रशंसा गर्यो ।’नया पत्रिकामा समाचार छ ।
