Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसकारण विस्थापित भयो ‘प्ले व्वाय’को नग्न रुप

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

न्युयोर्क । सेलिब्रेटीको नग्न तस्बिर छाप्दै विश्व चर्चित बनेको म्यागजिन ‘प्ले व्वाय’ले अब आफ्नो नीति बदलेका छन् ।

महिलाको नग्न तस्बिर छापेर सधैं चर्चामा आइरहने यस पत्रिकामा अबको अंकदेखि नग्न तस्बिर देखिन पाइनेछैन ।

इन्टरनेटले नांगोपनलाई ‘आउटडेटेड’ बनाएको र अश्लील पत्रिका अहिलेको समयमा व्यावसायिक रूपमा व्यावहारिक नभएको भन्दै ‘प्लेब्वाय’का अमेरिकी मालिकले नग्न तस्बिरलाई स्थान नदिने घोषणा गरेका छन् ।

सन् १९७० को दशकमा ५६ लाख बिक्री हुने यस पत्रिका अहिले ८ लाखप्रतिमा झरेको छ । प्लेब्वायका संस्थापक तथा प्रधानसम्पादक हग हेफ्नरको सहभागितामा गत महिना भएको बैठकमा यस्तो निर्णय भएको हो ।

सन् १९५३ मा स्थापना भएको पत्रिकाका कार्यकारीले समय पहिलेभन्दा निकै परिवर्तन भइसकेको बताए ।

‘हामीले युद्ध लड्यौँ र जित्यौँ पनि,’ प्लेब्वायका प्रमुख कार्यकारी स्कट फ्लान्डरले भनेका छन्, ‘अहिले इन्टरनेटको जमाना हो, हामीले छाप्ने तस्बिर अब पुराना भइसके ।’ उनले भनेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan