Dashain Special from town to village
काठमाण्डौ उपत्यकामा मानिसहरुको चहलपहल एकाएक बढेको छ ।
विजयादशमीको भोली पल्टनै उपत्यकामा चहलपहल बढेको हो ।
आम सर्वसाधारण बिहानदेखि नै आ आफ्नो गन्तब्यका लागि हिडेका छन् भने कतिपय सवारी साधानको पर्खाइमा समेत छन् ।
त्यसो त ,कतिपय सर्वसाधारण मान्यजनका हातबाट टीका ,जमरा आर्शिवाद थाप्न हिंड्नेहरु बिहानैदेखि निजि सवारीमा घुइकिएको देखिन्छ ।
दसैंका बेला सुनसान प्रायः रहेको उपत्यकामा शमीको भोलीपल्ट अर्थात एकादशीका दिननै चहलपहल बाक्लिएको हो ।
सडकमा विगत दिनको तुलनामा सार्वजनिक र निजी सवारी साधनको संख्या बाक्लिएको छ ।
शहरमा रहेका अति-आवस्यक पसलहरु समेत बिहानै देखि खोलेको देख्न पाइन्छ ।
यस्तै, दसैं मान्न राजधानीबाहिर लाखौं सर्वसाधारणहरुको पनि फर्कने क्रममा रहेका छन् ।
