Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार |

वालिङ (स्याङ्जा), १५ कात्तिकः स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको टयाक्टर दुर्घटना हुँदा त्यसमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार टयाक्टर दुर्घटनामा परी घाइते भएका बुढामगरको गह्रौँ  प्राथमिक अस्पताल वालिङमा उपचारकाक्रममा मृत्यु भएको हो । 

    दुर्घटनामा टयाक्टरमा सवार अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा टयाक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३७ वर्षीय धनवीर पुन मगर, पर्वत जिल्ला घर भई हाल वालिङ–१० बस्ने ४३ वर्षीय प्रेम राना मगर, वालिङ–१० बस्ने २० वर्षीय सुलभ परियार र वालिङ–१० कै ४६ वर्षीय झकबहादुर थापा रहेका छन् । घाइतेहरुमध्ये प्रेम राना मगरको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan