Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ रुपियाँ (नोट) साट्नका लागि ५/६ घण्टा देखि लाइनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १९ बुधबार | २०१४ पटक हेरिएको

दसैँका लागि नयाँ नोट साट्नेको बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कमा भीड लागेको छ ।

बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड लागेको छ ।

बैंकका नोट व्यवस्थापन विभाग प्रमुख भुवन कँडेलले पैसा साट्न चाहने सर्वसाधारण तथा सेवाग्राहीको मागअनुसार सटही भइरहेको जानकारी दिँदै सेवाग्राहीको एकैचोटि चाप बढेपछि भीड व्यवस्थापनमा केही समस्या आएको स्वीकार्नुभयो ।

उहाँका अनुसार दैनिक करिब तीन हजार सेवाग्राहीले नोट सटही गरेका छन्, अहिलेसम्म करिब रु ३५ करोड सटही भइसकेको छ । सरकारी तथा अन्य कार्यालयबाट पत्र लिएर जाने कर्मचारीलाई छिटोछरितो आवश्यकताअनुसार रकम सटही भएको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan