Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल सरकारको ट्याक्सी भूकम्प पिडितलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण ३१ सोमबार | २५०५ पटक हेरिएको

सागर श्रेष्ठ, ललितपुर । गत वर्षको भूकम्पबाट धेरै धनजन गुमाएका भूकम्प पिडित नेपालीहरुलाई सरकारले एक हजार पाँच सय नयाँ ट्याक्सी नम्बर दिने निर्णय गरेपछि गत साउन ५ गतेयता ६० हजार आवेदन परिसकेका छन् ।
भूकम्प प्रभावित १४ जिल्लाका पीडितलाई ती ट्याक्सी नम्बर वितरण गर्ने सरकारको निर्णयअनुसार आवेदन आह्वान गरिएको हो ।

आवेदन दर्ता गर्ने म्याद भदौ २ गतेसम्म तोकिएको छ । जति जति समय छोटिदै छ भिडभाड त्यति नै बढी रहेको छ । राति १, २ बजे देखीनै लाइन बस्नेहरु र पहाडबाट गाडी नै र्जिभ गरेर आउनेहरु पनि त्यतिकै छन ।
ट्याक्सी नम्बरका लागि सक्कल नागरिकता सहित सम्बन्धित व्यक्ति आफैं उपस्थित भएर भूकम्पपीडितको प्रमाणित कार्ड र हालसालै खिचिएको फोटोसहित निवेदन दिनुपर्छ ।

तर यो सरकारी निर्णय मात्र हो । दलालहरुले २०० देखी ६०० सम्म लिएर दर्ता गराईरहेको पनि त्यहाँ आएकाहरु बताउछन । भूकम्प पिडित सोझा नेपालीहरुलाई कार आई हाले पनि खुसी भने नहुने बताउँछन । नाम दर्ता गर्दा त २००० देखी ३५०० सम्म खर्च भएको ३ दिन लागेको बताउँछन । ट्क्सी  आईहाले पनि लिनको लागि धेरै खर्च गर्नु पर्ने उक्त रकम आफुहरुसंग नभएकोले हर्ष पनि नभएको र विस्मात पनि नभएको अधिकांस पिडितहरु वताउँछन ।

 

आवेदनलाई गोलाप्रथाबाट छनोट गरेर १५०० जनालाई ट्याक्सी नम्बर उपलब्ध गराईने छ । । भूकम्प प्रभावित जिल्ला दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, काभ्रे, रसुवा, धादिङ, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगाबाट आवेदन परेका छन् ।
विभागका अनुसार बुझाइमा गलत भएकाले गाडी नै रिर्जभ गरेर सिन्धुपाल्चोक, गोरखा र रसुवाका भूकम्पपीडित आवेदन दिन आएका थिए । सबैभन्दा बढी आवेदन काठमाडौं, सिन्धुपाल्चोक, गोरखा, काभे्र र धादिङबाट परेका छन् ।

प्राप्त जानकारी अनुसार सरकारले दर्ता नम्बरमात्रै दिने हो, बाँकी सम्पूर्ण खर्च भूकम्प पीडित आफैंले गर्नुपर्छ । तर ट्याक्सी नम्बर पाएपछि भूकम्प पीडितले अर्काका नाममा नामसारी गर्न पाउने छुट भने रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan