पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातीको अडान with video
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २५ मंगलबार | २१९२ पटक हेरिएको
काठमाण्डौ । नेपाल आदिबासी जनजाती महासंघले २२ औं विश्व आदिवासी दिवस २०७३ को अवसरमा श्रावण् ३० गते सम्म विविध कार्यक्रमहरु गरेर मनाईदै छ ।
पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातीको अडान,
अधुरो र अपुरो संविधानका लागि हाम्रो साझा अधियान भन्ने मुख्य नाराको साथ कार्यक्रमहरु गरिरहेको छ ।
श्रावण २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"को प्रमुख आतिथ्यमा प्रज्ञाभवन कमलादीमा विशेष कार्यक्रम हुदैछ ।
वृहत जलपान तथा परिचयात्मक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सभामुख ओनसरी घर्तिमगरको उपस्थिती रहेको थियो ।
