Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल पर्यटन श्रमिक संघको दोश्रो राष्ट्रिय महाधिवेशन Video report

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण १९ बुधबार | २५४२ पटक हेरिएको

सागर श्रेष्ठ, बुटार, गोरखा । नेपाल पर्यटन श्रमिक संघको दोश्रो राष्ट्रिय महाधिवेशन गोरखा जिल्लाको बुटारमा रहेको रिभर फन रिसोर्टमा भव्यताको साथ सम्पन्न भएको छ ।

संघको अध्यक्ष दिपेन्द्र पाण्डे (कपिल)को अध्यक्षता तथा नेका केन्द्रिय सदस्य, निर्वतमान टे्रड युनियन विभाग प्रमुख   माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

अन्य विशिष्ट अतिथीहरुमा माननीय सांसद पुष्कर आचार्य, निट नेपालका अध्यक्ष दिपक महत, नेपाल टे«ड युनियन कागे्रसका राष्ट्रिय उपाध्यक्ष अयोध्या प्रसाद यादव, नेपाल टे«ड युनियन कागे्रसका राष्ट्रिय महासचिव महेन्द्र प्रसाद यादव, नेपाल टे«ड युनियन कागे्रसका राष्ट्रिय कोषाध्यक्ष योगेन्द्र कुवर, नेपाल यातायात मजदुर संघका राष्ट्रिय अध्यक्ष अजय कुमार राइ, नेपाल यातायात मजदुर संघका वरिष्ठ सल्लाहकार विजय स्वाँ, टान कापुर्व उपाध्यक्ष कुलगुरुगं, नेपाल यातायात मजदुर संघका वरिष्ठ उपाध्यक्ष कुमार केशी, नेपाल यातायात मजदुर संघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल,  नेपाल यातायात मजदुर संघका उपाध्यक्ष बुद्ध तिवारी, नेपाल यातायात मजदुर संघका उपमहासचिव नुर नाथपंत, राष्ट्रिय अनलाईन पत्रकार संघका महासचिव तथा न्यूज अभियान डटकमका सागर श्रेष्ठ, गन्तव्य नेपाल डटकमका शिभ अधिकारी ।

त्यसैगरी अतिथीहरुमा नेपाल यातायात मजदुर संघका मध्यमांचल अध्यक्ष जगनाथ गौतम, नेपाल यातायात मजदुर संघका काठमाण्डौं जिल्ला सचिव प्रकाश मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदघाटन गडगडाहट तालिको साथ प्रमुख अतिथिले मैनवक्ति बालेर उदघाटन गरेको थियो । उदघाटन शत्रमा मन्तव्य तथा शुभकामना दिनुहुने सवै वक्तहरुले उत्तरोतर प्रगतिको कामनाको साथै आफ्नो मजदुरहरुको हक अधिकारको लागि डटेर अगाडी बढ्न हौसला प्रद्धान गरेको थियो । अहिले सम्म काठमाण्डौ, कांस्की, काभ्रे, सिन्धुपाल्चोक, झापा, सोलुखुम्बु, रसुवा लगायतमा जिल्ला कमिटि त्यसैगरी काठमाण्डौमा २० वटा प्रतिष्ठान र झापामा ३ वटा प्रतिष्ठान गठन गरिसकेको जानकारी गराईएको थियो । अब ७५ ओटै जिल्लामा शाखा खोल्न अघि बढ्नु पर्ने धारणा राखेको थियो ।

कार्यक्रमको विचमा आइटिएफ एसिया प्यासिफिकका महासचिवले पठाएको अडियो शुभकामना सुनाईएको थियो ।
यस संस्थालाई टान, एनएमए, नाटा, नारा जस्ता संघहरुले साथ दिएको चर्चा परिचर्च गरेका थिए । यस वर्षको यस संस्थाको मुख्य नारा रहेको थियो नो ट्रेकिङ्ग उवीथाउट गाईड एण्ड पोर्टर  रहेको थियो । यस संघले १० ओटा प्रस्तावहरुलाई बन्दशत्रमा छलफलमा लगेको थियो । बन्दशत्रमा महासचिवको सांगठानिक प्रतिवेदन र कोषाध्यक्षकोे करिब २ लाख ८४ हजार ३३६ को आर्थिक प्रतिवेदन अनुमोदन गरेको थियो ।

करिब ३ घण्टाको छलफलपछि विधान अनुमोदन गरेर दिपेन्द्र पाण्डे (कपिल)को अध्यक्षतामा ४ वर्षको लागि नयाँ कार्य समिति चयन भएको छ । जसमा बरिष्ठ उपाध्यक्ष दिल थापा, उपाध्यक्षहरु उदय कुमार श्रेष्ठ, ईश्वर प्रसाद लामिछाने, दल बहादुर गुरुङ्ग, महासचिवहरु गणेश निरौला, निरज मिश्र, सचिवहरुमा केशव मैनाली, नकुर दोङ्ग तामाङ्ग, कोषध्यक्षमा ऋतु ग्यामदान, सह कोषाध्यक्षमा सिंह विर घले र सदस्यहरुमा क्रमशः लोक बहादुर बराल, शुशील खनाल, प्रभात लामा, बल बहादुर तामाङ्ग, होमनाथ सिंखडा, राजेन्द्र खत्री, विजय सुवेदी, लक्ष्मण गुरुङ्ग, प्रकास रिजाल, सौगात श्रेष्ठ, सुर्च बहादुर तामाङ्ग र लोक बहादुर गुरुङ्ग निर्वाचित भएकाछन् । पछि अध्यक्षले ६ जना केन्द्रीय सदस्यहरु मनोनित गर्ने भएको छ भने जिल्ला कमिटिका अध्यक्षहरु केन्द्रमा आमन्त्रीत सदस्य रहनेछन् ।

निर्वाचन समितिको निर्वाचन प्रमुख नुरनाथ पन्त रहनु भएको थियो भने वहाँले नै निर्वाचित सबैलाई सपथ खुवाउँनु भएको थियो । कार्यक्रम निरज मिश्रले सञ्चालन गर्नु भएको थियो ।

For Photoes click here

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan