जुट्दै डा. केसीको सर्मथनमा नेपालीहरु
विभिन्न ४ सुत्रिय माग राखेर १४ औं दिन देखी अनसन बसिरहेका प्रा. डा. गोविन्द के.सी.को सर्मथनमा दिन दिनै सर्मथन गर्नेहरु बढी रहेको छ ।
आज माईतीघर मण्डलाबाट बानेश्वर सम्म स्वस्फूर्त रुपमा निकालिएको ¥यालीको प्रमुख झलकहरु ।
उपस्थितहरू भन्छन् ‘सबै कुरा प्रष्ट छन्, अख्तियारमै भ्रष्ट छन्’,
‘केसीको अनसन, माफियालाई टेन्सन’,
‘१, २, ३, ४, बन्द गर भ्रष्टाचार’, -
तिन कारोड नेपालीको स्वास्थ्यमा खेलवाड किन ?
बोल बोल सांसद बोल
बेथिती को जालो खोल
- माफियाको मिसन,
सिटामोलमा पनि कमिसन !
- डाक्टर के.सी.को अनसन
मेडिकल माफियालाई टेन्सन !
- हाम्रो स्वास्थ्य हाम्रै हातमा,
हामी डा. के.सी. को साथमा!
चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै केसी अनसनमा बसेका छन्।
