Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण ८ शनिबार | ३०४५ पटक हेरिएको

गत बर्ष २०७२ नेपाली फुटबलको लागि अविस्मरणीय रहृयो । उक्त वर्ष नेपाली टोलीले २३ बर्षको उपाधि तोड्दै फुटबलमा दुई प्रमुख उपाधि हात पारेको थियो । नेपाली फुटवलले राजधानी काठमाण्डौमा  आज घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा नौमध्ये ६ अवार्ड हात पार्न सफल भएको छ ।

राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जितेका छन् ।  टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड हात पारेकी छिन ।

राजधानीमा बिहीबार आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी  घोषित भएका हुन्। उनले फुटबलका विकेश कुथु,भारोक्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारेका हुन्।

त्यस्तै, महिलातर्फ जुडोकी फुपु ल्यामु खत्री महिला वर्ष खेलाडी २०७२ घोषित भइन्। उनले उसुकी निमा घर्ती मगर, स्विमिङकी गौरिका सिंह, ट्रयाल्याथोनकी रोजा केसीलाई पछि पारिन्।

पिपुल च्वाइस अवार्ड भने टेवल टेनिसकी नमिता श्रेष्ठले जितेकी छन्। एसएमएस तथा फेसबुक भोटको आधारमा चुनिने पिपुल च्वाइस अवार्डमा उनले क्रिक्रेटका सन्दिप लामिछाने,फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली तथा भरोक्तोलनकी तारादेवी पुनलाई पछि पारिन्।

उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी तथा पिपुल च्वाइस अवार्डका विजेतालाई नगद ५० हजारसहित पल्सर मोटरसाइकल प्रदान गरिएको थियो।

उत्कृष्ट पारा एथलेटिक्सको अवार्ड भने सीता भण्डारीले जितिन्। उनलाई नगद ५० हजारसहित सम्मान गरिएको थियो।

त्यस्तै, फुटबल प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले फुटबलकै राजुकाजी शाक्य, क्रिक्रेटका जगत टमाटा, उसुका प्रकाश महर्जन तथा जुडोका दलबहादुर गरुङलेलाई पछि पारे। उनले ५० हजार नगद हात पारे।

फुटबलकै अन्जन विष्ट युवा वर्ष खेलाडी घोषित भए। उनले क्रिक्रेटका सन्दिप लामीछाने, स्विमिङकी गौरिका सिंह, उसुकी निमा घर्ती मगर, जुडोकी मनिता श्रेष्ठलाई पछि पारे। उनले ५० हजार नगद हात पारे।

सो अवसरमा फिफा रेफ्रि श्रीराम रन्जितकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै गत वर्ष आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएका एन्फाका उपाध्यक्ष स्व। ललितकृष्ण श्रेष्ठलाई फुटबल क्षेत्रमा प¥याएको योगदानको कदर स्वरुप स्पेशल अवार्ड प्रदान गरिएको छ।

त्यस्तै, २३ वर्षपछि राष्ट्रिय टोलीलाई फुटबलमा उपाधि दिलाउन सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई टिम अफ दि इयरबाट सम्मानीत गरिएको छ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan