विप्लप माओवादीको ज्ञपान-पत्र प्रधानमन्त्री ओलीद्धारा ठाडै अस्विकार
सागर श्रेष्ठ ,काठमाडौं , १६ असार । विप्लप माओवादीले प्रधानमन्त्री केपी ओलीलाई आज बुझाउने भनेको ज्ञपान-पत्र बुझाउन पाएनन् ।
विप्लप माओवादीको ज्ञपान-पत्र प्रधानमन्त्री ओलीले बुझ्न ठाडै अस्विकार गरेका हुन् । असार महिना भरि दोस्रो चरणका बिरोधका कार्यक्रम गदैँ आएको विप्लप माओवादीले आज सरकारको नेतृत्व गरिरहनु भएका ओलीलाई ज्ञपान-पत्र बुझाउने कार्यक्रम तय भएको थियो ।
बिनाकारण र आधार आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार र झुठा मुद्दामा फसाउने काम गरेको भन्दै आज विप्लप माओवादीले प्रधानमन्त्री केपी ओलीलाई ज्ञपान-पत्र बुझाउँन लागिएको थियो केन्द्रिय सदस्य असारे काकाले एनभिएम ग्रुपलाई भने ।
आज अपरान्ह तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर माओवादीले ज्ञापनपत्र बुझाउने तयारी थियो तर प्रधानमन्त्रीले जनताको आवाज सुन्न मान्नु भएन् ।
कुनै कर्मचारीले समेत हाम्रो ज्ञापन-पत्र बुझ्न दर्ता गर्न मानेनन् हामीले अब हुलाकबाट पठाउछौं उनले भने । प्रधानमन्त्रीकै निर्देशनले ज्ञपान-पत्र दर्ता सम्म भएन त्यसकारण हुलाक मार्फत भए पनि पठाउँछौ उनले थपे ।
