Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सार्वजनिक गाडी नचलाउँदा यात्रु मर्कामा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ १३ बिहीबार | २२५८ पटक हेरिएको

ट्राफिक जरिवाना रकम बढेको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा यात्रु मर्कामा परेका छन्।

ट्राफिक प्रहरीले नियम विपरित गाडी चलाउनेलाई जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागु भएको छ। यातायात व्यवासयीले यसको विरोधमा बिहीबार देशभरी नै सार्वजनिक गाडी नचलाउँदा यात्रु मर्कामा परेका हुन्।

व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक तथा भाडाका गाडी चलेका छैनन्। यस्तै काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडीमा पनि बन्दको प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ।

यातायात व्यवसायीले बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका गाडी नचलाउने बताएका छन्।

यस्तो छ व्यवसायीको माग
यातायात व्यवसायीले सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन संशोधन गरेर नयाँ नियम लागु गरेको आरोप लगाएका छन्। नयाँ नियमले आफूहरुको व्यासायनै धरापमा परेको उनीहरुको भनाई छ।

ट्राफिक जरिवाना बढाउनु भन्दा पनि नियम उल्लंघन हुने वातावरण नै बन्न नदिन लाग्नु पर्ने उनीहरुको भनाई छ। त्यसका लागि बाटो मर्मत तथा व्यवस्थापनसहित सचेतनामुलक कार्यक्रम गर्न सकिने उनीहरुको भनाई छ। व्यवसायीले बढाएको ट्राफिक जरिवाना तत्काल फिर्ता गर्न माग गरेका छन्।

बन्दकर्तालाई गृहमन्त्रालयको चेतावनी
गृहमन्त्रालयले संसदले पास गरेको नियम मान्दैनौं भन्दै गाडी नचलाए कारबाही गर्ने चेतावनी दिएको छ। यातायात व्यवसायी तथा मजदुरले बन्द आह्वान गरेपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको गृहले जनाएको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan