Amnesty International Nepal Media Task force
एम्नेष्टी इन्टरनेशनलले नेपालमा दण्डहिनताको अवस्था विगतमा भन्दा पनि भयावहरुपमा बढेको बताएको छ । एम्नेष्टी इन्टरनेशनलले सरकारले मानवअधिकार हनन्का घटनामा जवाफदेहिता तथा न्याय, सत्य र परिपुरणमा पीडितको अधिकारलाई बेवास्ता गरेको ठहर गरेको हो । एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को शुक्रबार भब्य उद्घाटन भएको छ ।
एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को संयोजक मुकुन्द ढुंगाना ,सह – संयोजक सकिला पाठक ,सचिब गणेश महतारा ,कोषाध्यक्ष कल्पना दंगाल ,सह- सचिब राजेन्द्र अधिकारी , चित्रबहादुर सुनार ,अमिता प्रधान श्रेष्ठ लगाएत २५ जना सदस्य टिम रहेको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप (निर्माणधिन समुह ) को शुक्रबार भब्य उद्घाटन गर्दै एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले मानवबेचविखन, लैंगिक हिंसा, यातना एवं दुर्व्यवहार लगायतका घटनामा अनुसन्धान गर्न र अदालतले दिएका आदेशको पालना गर्न सरकार असफल भएको उल्लेख गर्नुभयो ।
अधिकारीले एम्नेष्टीले गम्भीर प्रकारका मानवअधिकार हनन्का घटनामा क्षमादानको सिफारिस गर्न सक्ने गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरिनु निकै चिन्ताजनक भएको बताएको छ ।
अधिबक्ता पुष्पराज पौडेलले अहिले पनि अभियोजनपूर्वको थुनाका क्रममा साविती बयान गराउन र सम्बन्धित व्यक्तिलाई त्रासको दवावमा राख्न प्रहरीले पुरुष, महिला र बालबालिका उपर यातना र दुर्व्यवहार गर्ने क्रम निरन्तरता पाएको तथा लंैगिक, जातीय, वर्गिय र सांस्कृतिक विभेद पनि कायमै रहेको बताएको छ ।
