Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Sighadarbar Gherau Program 2073

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ २ आइतबार | ३४५२ पटक हेरिएको

 काठमाण्डौ । मधेशी मोर्चा आवद्ध संघीय गठवन्धनले आइतबार चौतर्फी दिशाबाट सिंहदरबार घेराउ गरेको छ ।  सिंहदरबार वरपरको निषेधित क्षेत्रलाइृ तोडेर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।

शिंहदरवारको दक्षिणी गेट घेराउ गर्ने जिम्मेवारी लिएका राजेन्द्र महतोले हनुमानथानस्थित भाटभटेनीअगाडिबाट सुरक्षा घेरा तोडदै धर्ना बसेका छन ।

महतो नेतृत्वको समुहले पुलमा लगाइएको निशेधित क्षेत्रलाई तोडदै हनुमानस्थानमा गई धर्ना दिन सफल भएका हुन । सो धर्नामा शरदसिंह यादव, लक्ष्मणलाल कर्ण, महेन्द्र यादव लगायतका नेताहरु सहभागी रहेका छन धर्नामा बसेका उनीहरु सरकार विरुद्ध चार्का नारावाजी गरिरहेका छन ।

धर्नामा बसेकाहरुले मान्छे मार्न पाइदैन, ओली सरकार चाहिँदैन, मधेस विरोधि नेताहरु होसियार, प्रतिगामी संविधान खारेज गर जस्ता नारा लगाइरहेका छन् । धर्नाकारीलाई अगाडि जानबाट रोक्न दर्जनौं प्रहरीहरु तारबारसहित घेरेर बसेका छन ।

उता, माइतीघरमा अर्को ठूलो समुहको नेतृत्व सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र महतोले गरिरहेका छन उक्त समुहले पनि प्रहरीको सुरक्षा घेरा तोडी अगाडी बढन सफल भएका छन । त्यहाँ पनि सयौको संख्यामा रहेका प्रदर्शनकारीहरुले धर्ना दिइरहेका छन् । उनीहरुले पनि ओली सरकारविरुद्ध चर्का–चर्का नरालगाइरहेका छन ।

संविधान जारि भए देखिनै आन्दोलन गरिरहेका मधेश केन्द्रीत दलले अहिले आएर जनजाति राजनितिक दलहरुसंग मिलेर आज २ जेष्ठमा सिंह दरबार घेराउ कार्यक्रम राखेको हो। केही ठाउँमा भडप र गाडिमा ढुङ्गा मुडा गरेपनि अहिले सम्म अप्रिय घटना घटेको छैन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan