Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ गीति एल्बम ‘पारशमणी’ को विमोचन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख ३१ शुक्रबार | २७३१ पटक हेरिएको

गायक तथा गीतकार पारसमणी बरालको नयाँ गीति एल्बम ‘पारशमणी’ को विमोचन गरिएको छ ।

राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गरी आधुनिक गीत समेटिका ‘पारसमणी र पारसमणी २’ को एकसाथ विमोचन गरिएका हो । एल्बममा शक्ति बल्लभले संगीत दिएका छन् ।

बिमोचन कार्यक्रममा बोल्दै गीतकार बरालले एल्बममा नेपाली माटो सुहाउँदो, पारिवारिक, प्राकृतिक र देशप्रेमको भवना समेटिएका गीत समावेश गरिएको बताए ।

बरिष्ठ गायक आनन्दा कार्कीले राजनीतिले कलाकारिता क्षेत्रमा पनि लथालिङ्ग र भताभुङ्ग बनाएको बताए ।

“अब कला र गला होइन पैसा हुँने जो पनि गीतकार र नायक बन्ने भए, नियमनकारी निकाय बेवास्तका कारण राम्रो कला र गलाले पलायन हुनुपर्ने भयो” कार्कीले भने ।

बरिष्ठ संगीतकार शक्ति बल्लभले नेपाली बजार सानो भएको र त्यसमा पनि प्रतिलिपि नीतिको उलंघन हुँदा व्यवसायी मारमा परेको बताए ।

बल्लभले मिडियाहरुको विकासको कारण बजार बढेको अनुभूति भन्दै केही राहत मिल्ने आशा ब्यक्त गरे ।

एल्बमको उत्पादन, बितरण तथा बजार व्यवस्थापनको जिम्मा म्युजिक हाइलाइटले प्रा.लि.ले लिएको छ । प्रा.लिका प्रबन्धक ओम प्रसाईले पारसमणी बरालका एल्बमले राष्ट्रप्रेम बढाउने आशासहित उत्पादन तथा वितरणको जिम्मा लिएको बताए ।

“अहिले कलाकारिता क्षेत्रले राष्ट्रप्रेम भुलेको हो कि भन्ने आशंका बढेको छ, बरालका गीतहरुले देशलाई माया गरेकाले उत्पादन तथा बितरणको जिम्मा लिएका हौँ’ प्रसाईले भने ।

प्रा.लि.का कानुनी सल्लाहकार श्याम रोक्काले प्रतिलिपि अधिकारको उलंघनले लगानीकर्ताहरु घटामा गएको बताउँदै प्रतिलिपि अधिकार सुरक्षा राज्यले गर्नुपर्ने बताए ।

पहिलो एल्बममा ७ ओटा गीतहरु समेटिएको छन् र आनन्द कार्की, सुमति खड्का, स्वरुपराज आचार्य, मिलन अमात्य, शिशिर योगी, अन्जु पन्त र पारसमणी बरालको स्वर दिएका छन् ।

त्यसैगरी पारसमणी २ मा रविन शर्मा, मिलन अमात्य, रामकृष्ण ढकाल, माण्डवी त्रिपाठी, दिपक लिम्बु, अन्जु पन्त, प्राश्ना शाक्य र सत्यराज आचार्यले स्वर दिएका छन् ।

दोस्रो एल्बममा पनि ७ ओटै गीत समेटिएका छन् । दुबै एल्बममा शक्ति बल्लभको संगीत रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan